दफा १८
आयोगले सजाय गर्न सक्ने
(१) कुनै सेवा प्रदायकले आयोगले निर्धारण गरेको महसुल लागू नगरेमा, आयोगले निर्धारण गरेको भन्दा बढी महसुल उठाएमा वा स्वीकृत मापदण्ड विपरीत असमान महसुल लगाएमा आयोगले त्यस्ता सेवा प्रदायकलाई कसुरको मात्रा हेरी पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(२) उपभोक्ताले दिएको उजुरी उपर सेवा प्रदायकले मनासिब कारबाही नगरेको कुरा उपभोक्ताले प्रमाणित गरेमा आयोगले त्यस्तो सेवा प्रदायकलाई दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(३) कुनै उपभोक्ताले दुःख दिने दुराशयले सेवा प्रदायक विरुद्ध झुट्टा उजुरी गरेको प्रमाणित भएमा उजुरीको प्रकृति हेरी आयोगले त्यस्ता उपभोक्तालाई पाँच हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(४) आयोगले यस दफा बमोजिम गरेको सजाय उपर सम्बन्धित पुनरावेदन अदालतमा पुनरावेदन गर्न सकिनेछ ।